काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत काठमाडौँ आइपुगेका हुन्।
उनी तीन दिनसम्म नेपालमा रहने कार्यक्रम रहेको छ। यस अवधिमा उनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल लगायत उच्च पदस्थ सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। भेटमा नेपाल–अमेरिका सैनिक सहकार्य, तालिम आदानप्रदान तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र को निरीक्षण भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ। उक्त केन्द्र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सेनालाई तालिम दिने प्रमुख केन्द्रमध्ये एक हो।
नेपाल आउनुअघि भोवेलले भारतको नयाँ दिल्लीमा भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदी सँग भेटवार्ता गरेका थिए। त्यसपछि उनी भुटान हुँदै नेपाल आएका हुन्।
प्रतिनिधि सभाको निर्वाचनपछि नेपाल आउने उच्च पदस्थ अमेरिकी सैनिक अधिकारीमध्ये भोवेल एक हुन्। यसअघि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुएल जे. पापारो पनि नेपाल भ्रमणमा आएका थिए।
यस भ्रमणलाई नेपाल–अमेरिका सैन्य सहकार्यलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।
सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…