• बैशाख ३०, २०८२
  • No Comment
  • 29

बजेट अनुशासन कायम गर्न सांसद विष्टको सुझाव

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले आर्थिक असमनताको अन्त्य गर्दै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने लक्ष्य विधेयकमा राखिएकामा त्यसको स्वागत गर्नुभयो ।
नागरिकको जीवनस्तर माथि उठाउने र आम नागरिकले राज्यको साधन स्रोतको समान उपभोग गर्न पाउने प्रबन्धलाई सुनिश्चित गर्ने प्रयत्न भएको, मनोमानी ढङ्गले स्रोतको विनियोजन गर्ने प्रवृत्ति हटेको जनाउँदै उहाँले बजेट अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद विष्टले देशभित्रै रोजगारीको प्रबन्ध गर्न, युवा पुस्तालाई प्रविधि र सीपका माध्यमबाट क्षमतावान् बनाउनुपर्ने, श्रम बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिने र रोजगारीका आधार निर्माण गर्नेगरी बजेटमा व्यवस्था हुनुपर्ने बताउनुभयो ।

बूढीगण्डकी, उत्तरगङ्गाजस्ता जलाशयुक्त जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेर हिउँदको विद्युत् माग सम्बोधन गर्ने गरी अगाडि बढ्ने सरकारी सोचको सराहना गर्दै उहाँले सोही अनुसार बजेट विनियोजन गर्नुैपर्ने बताउनुभयो । पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै सांसद विष्टले गुणस्तरीय शिक्षामा ध्यान दिन, युवालाई सूचना र प्रविधिमा केन्द्रित गरी १५ लाखलाई रोजगारीको सुनिश्चितता हुनेगरी बजेट आउँनुपर्ने सुझाव दिनुभयो । मुलुकको समग्र आर्थिक विकासका निम्ति बजेटका प्राथमिकता र सिद्धान्त यर्थाथवादी भएको उहाँले बताउनुभयो

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *