• बैशाख २९, २०८२
  • No Comment
  • 30

भारतमा ट्रक र ट्रेलर ठोक्किँदा १३ जनाको मृत्यु, ११ घाइते

भारत छत्तीसगढको राजधानी रायपुरमा ट्रेलर र ट्रक ठोक्किँदा भएको भीषण दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । मृतकमा नौ महिला र चार बालबालिका छन्।

यो दुर्घटनामा ११ जना घाइते भएको एनडिटिभीले जानकारी दिएको छ । रायपुर–बालोदा बजार सडकखण्डको सारागाउँ नजिकै भएको यो दुर्घटना खरोरा प्रहरी चौकी क्षेत्रमा पर्छ

प्रहरीका अनुसार चटौड गाउँका मानिसहरू बनसरी गाउँमा भएको पारिवारिक कार्यक्रममा पुगेर फर्किंदै थिए । सोही क्रममा उनीहरू चढेको ट्रक ट्रेलरसँग ठोक्किएको हो ।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई तत्काल रायपुरस्थित डा. भीमराव अम्बेडकर अस्पताल लगिएको छ ।

रायपुरका जिल्ला कलेक्टर गौरव सिंहले जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा खटिएको र मृतकको संख्या १३ पुगेको पुष्टि गरेका हुन् ।

उनले ११ जना घाइते भएको र प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको भनेका छन्‌

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *