• बैशाख १२, २०८३
  • No Comment
  • 32

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले यूएई राष्ट्रिय क्रिकेट टोली लाई ३७ रनले पराजित गरेको छ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो। नेपालका लागि करण केसी ले सर्वाधिक चार विकेट लिए। त्यस्तै, सन्दीप लामिछानेसोमपाल कामी ले समान दुई–दुई विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीललित राजवंशी ले समान एक–एक विकेट लिए।

यूएईका लागि हरप्रित सिंह ले ३९ रन बनाउँदै उच्च स्कोर गरे। उनले ५२ बलमा पाँच चौका प्रहार गरेका थिए। त्यस्तै मुहम्मद वसिम ले ३४ र अक्षदीप नाथ ले ३० रनको योगदान दिए।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी ले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए।

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल दुई रनमा पवेलियन फर्किए। कुशल भुर्तेल ले २४, बसिर अहमद ले २० र करण केसी ले २२ रन बनाए।

अन्य खेलाडीमा भीम सार्की ले १० तथा आरिफ शेखसोमपाल कामी ले समान १५–१५ रन जोडे।

बलिङतर्फ यूएईका जुनैद सिद्दिकी, अजय कुमारखुजैमा तनवीर ले समान तीन–तीन विकेट लिएका थिए।

सम्बन्धित खबर

नाइके समूहको ज्यादतीको आरोपपछि कपिलवस्तु कारागारमा कैदीबन्दी आन्दोलन

नाइके समूहको ज्यादतीको आरोपपछि कपिलवस्तु कारागारमा कैदीबन्दी आन्दोलन

कपिलवस्तु। कपिलवस्तु कारागारको बी ब्लकमा नाइके समूहले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाउँदै कैदीबन्दीहरूले आन्दोलन सुरु गरेका छन्। कारागार प्रशासन र नाइके…
सुर्खेतकाे चौकुने गाउँपालिकामा सम्भावित महिला उद्यमीका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

सुर्खेतकाे चौकुने गाउँपालिकामा सम्भावित महिला उद्यमीका लागि उद्यमशीलता विकास…

सुर्खेत। चौकुने गाउँपालिकामा सम्भावित महिला उद्यमीहरूका लागि सञ्चालन गरिएको पाँच दिने उद्यमशीलता विकास (GYB/SYB) तालिम सम्पन्न भएको छ। महिला तथा बालबालिका…
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट, असार २९ — कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै नौवटै स्थानीय तह पूर्णखोप सुनिश्चित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *