• मंसिर ९, २०८१
  • No Comment
  • 93

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन आज आइतबार सम्पन्न भएको छ । जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको आजको अधिवेशनले बालकृष्ण सुनारको अध्यक्षतामा १७ सदस्य कमिटी गठन गरेको छ । आजको अधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल कर्णाली प्रदेश कमिटिको ऐतिहासिक प्रथम अधिबेशन बाट निर्बाचित कमिटीहरूमध्ये अध्यक्षमा बालकृष्ण सुनार उपाध्यक्षमा गणेश आरसी, उपाध्यक्षमा यशोदा देवकोटा, सचिवमा यकराज थापा, सहसचिवमा अकबर खान, कोषाध्यक्षमा देबिका सिंह, सह–कोषाध्यक्षमा चन्द्र बहादुर थापा, सदस्यहरुमा मिलन सुवेदी, शिला केसी, गणेश घर्ती मगर, प्रकाश खत्री, दिलसा बोहरा र अन्जना बिसी रहेका छन ।

महासङ्घको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको थियो । अधिवेशनको प्रमुख अतिथिमा जन सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीरहेको थियो भने विशेष अतिथिमा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह, प्रदेश कमिटीका सदस्य खड्ककुमार भट्टराई जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हेमप्रकाश भुसाल नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको उपसचिव सुशीला विश्वकर्माको निमन्त्रणा गरेको थियो ।

प्रथम अधिवेशनले चयन गरेका अध्यक्ष बालकृष्ण सुनारले कार्यक्रमलाई सम्बोधन गर्दै यो कमिटीले साँस्कृतिक क्षेत्रमा नयाँ आयाम थप्ने गरी काम गर्ने बताए । उनले भने यो कमिटी कमिटीकै रुपमा मात्र सिमित रहने छैन । आगामी दिनमा सास्कृतिक कार्यक्रमलाई थप ब्यवस्थित गरेर लगिने छ ।

सम्बन्धित खबर

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली गठन

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली…

 सुर्खेत। स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई कर्णाली प्रदेश सरकारले आन्दोलन फिर्ता लिन आग्रह…
‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन् भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई…
कर्णालीमा पहिलाे पटक ‘कर्णाली युवा जागरण’ कार्यक्रम हुँदै

कर्णालीमा पहिलाे पटक ‘कर्णाली युवा जागरण’ कार्यक्रम हुँदै

कर्णालीमा पहिलो पटक कर्णाली युवा जागरण कार्यक्रम आयोजना गरीदै छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दृष्टि नेपालले १० वटै जिल्लाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *