• साउन २४, २०८१
  • No Comment
  • 218

कर्णालीमा पहिलाे पटक ‘कर्णाली युवा जागरण’ कार्यक्रम हुँदै

कर्णालीमा पहिलो पटक कर्णाली युवा जागरण कार्यक्रम आयोजना गरीदै छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दृष्टि नेपालले १० वटै जिल्लाका युवाको प्रतिनिधित्व हुने गरी शुक्रबार वीरेन्द्रनगरमा कार्यक्रम गर्न लागेको हो । बिहीबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तन र यसको न्यूनीकरण सम्बन्धी विषय विज्ञहरूसँग छलफल गरिने जनाइएको छ ।

जलवायु परिवर्तनको अवस्था, कर्णालीमा यसको प्रभाव, मानव स्वास्थ्यमा परेका असरका बारेमा गहन छलफल गरिने दृष्टि नेपालका अध्यक्ष जीवराज केसीले जानकारी दिएका छन् । उनले कार्यक्रममा युवालाई उद्यमसँग जोड्न तीनै तहका सरकारले गरेका पहल, नीतिगत व्यवस्था र तिनको कार्यान्वयनमा युवाको भूमिका बारे छलफल गरिने बताएका छन् ।

कर्णालीका १० वटै जिल्लाका युवा सँग एकसाथ जोडिने माध्यम बनाई कला सांस्कृतिक र प्राकृतिक सम्पदाको जगेर्नाका महत्व बारे जानकारी सहित युवाको प्रतिबद्धता गराउने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । कार्यक्रम सिद्धार्थ सहकारीको सभा हलमा बिहान १० बजेबाट शुरु हुनेछ ।

कार्यक्रममा प्रमुख वक्ताहरू कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. सुदीप ठकुरी, डाक्टर नवराज केसीलगायत रहने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा प्रदेशभरबाट एक सय ५० जना युवाहरूको सहभागिता रहनेछ ।

सम्बन्धित खबर

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली गठन

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली…

 सुर्खेत। स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई कर्णाली प्रदेश सरकारले आन्दोलन फिर्ता लिन आग्रह…
वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन आज आइतबार सम्पन्न भएको छ । जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको आजको अधिवेशनले बालकृष्ण सुनारको…
‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन् भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *