जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप आज बिहान जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको मृत्यु भएको हो । उनले जिपको ब्रेक फेल भएर दुर्घटना […]

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने (पूर्ण सूचनासहित)

माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भदौ ११ र १२ गतेका लागि पूरक परीक्षा गर्ने निणर्य गरेको हो । ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले जनाएको छ। बोर्डका अनुसार ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेका दुई […]

जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

१५ साउन, काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ […]

६ बालिका बलात्कार आरोपमा सुर्खेतका १४ वर्षीय किशोर पक्राउ

साउन १५, सुर्खेत । ६ जना बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । करिब डेढ महिनाअघि पञ्चपुरी नगरपालिकाका ६ जना बालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका साढे १४ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । पाँचदेखि सात वर्षसम्मका ६ बालिकालाई चकलेट दिएर ललाइफकाई फरक-फरक समयमा बलात्कार गरेको एक बालिकाकी आमाले बताइन् छ्न् । डेढ महिनाअघिदेखि भइरहेको घटनाबारे […]

यस्तो छ आजको मौसम

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका […]

एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न

नेकपा एमालेले सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न लागिएको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा वसन्तपुरमा हुने जनप्रदर्शन र सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । जनप्रदर्शनको लागि एमालेले तयारी तीव्र पारेको छ । एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जनप्रदर्शन भव्य बनाइने बताए […]