कार्यक्रममा नआएपछि भोजपुरी स्टार खेसारीलालकाे गाडीमा आगजनी

भोजपुरी सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी […]

कोरोना संक्रमितले स्वास्थ्य मापदन्ड अपनाउदै भोट हाल्न पाउने

काठमाडौं ।कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै भोट हाल्न पाउने व्यवस्था गर्ने भएको हो ।संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गर्ने आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी गराए ।आयोगले स्वास्थ्य सतर्कताका अपनाउदै मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिने व्यवस्था गरेको छ […]

राजनीति व्यापार होइन, सेवा हो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यापार बनाउन नहुने बताएका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिए । झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही […]

नेकपाका संयोजक ऋषि कट्टेललाई साधारण सदस्यबाटै कार्वाही ! पार्टीको जिम्मेवारी पनि तत्काल निष्काशित गर्ने निर्णय

पार्टीको केन्द्रीय सचिवालयको बिहीवार बसेको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पनि तत्काल निष्काशित गर्ने निर्णय गरेको हो यहि पुष १७–१९ मा सम्पन्न एकताको राष्ट्रिय सम्मेलनका सम्पूर्ण प्रतिनिधिहरुको मर्म, भावना, तथा पार्टी एकतालाई अझ सुदृढ […]

अनलाइन परीक्षा हुनुपर्ने माग राख्दै कान्तिपुर कलेजका विद्यार्थीद्वारा आन्दोलन, ११ जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चाैथाे सेमेस्टर तहको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने माग राख्दै विद्यार्थीले बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेज परिसरमा आन्दोलन गरेका छन्। उनीहरूले कोरोना संक्रमण बढिरहेको वेला भौतिक रूपमा परीक्षा सञ्चालन गराएको भन्दै आन्दोलन गरेका हुन्। परीक्षा सञ्चालन हुने समयमा आन्दोलन र होहल्ला गरेको भन्दै प्रहरीले ११ जनालाई कलेजको गेटबाट पक्राउ गरेको छ। उनीहरूलाई नयाँ […]

राेल्पामा ढुङ्गाले हानेर आफ्नै लोग्नेको हत्या

रोल्पाकी एक महिनाले ढुंगाले हानेर आफ्नै श्रीमानको प्राण लिएकी छिन् । सुनछहरी गाउँपालिका–६ झिरवाङकी ४१ वर्षीया मीना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनले हिजो राति श्रीमानको हत्या गरेकी हुन् । लोग्ने हत्याको आरोपमा मीनालाई प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरी टोलीले […]

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानमा एक जना कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो । onlinekhabar

वीरगञ्ज युबक अपहरण, ३ जना पक्राउ

वीरगञ्ज बारा सिम्रौनगढ नगरपालिका-७ का २३ वर्षीय माजिद अन्सारीको अपहरण तथा डकैती गरेको आरोपमा ३ जनालाइ पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १५ का २० वर्षीय सुमन श्रेष्ठ, १८ वर्षीय विकास थापामगर र २० वर्षीय रमेशकुमार साह सोनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पायल्सका बिरामी अन्सारी पोखरा घुमफिर गरी घर […]

काेभिडकाे डरलाग्दाे आँकडा, २२ हजार परिक्षण गर्दा १० हजारमा पुष्टि

काठमाडौं बिभिन्न चरणमा गरिएकाे परिक्षणमा काेराेना संक्रमण दर उच्च रहेकाे पाइएकाे छ । साेमबार देशै भरबाट संकलित १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा साे मध्य ५ हजार ७ सय ३४ जना अर्थात ३८.५५ प्रतिशतमा काेराेना संक्रमण पुस्टी भएकाे पाइएकाे छ भने मंगलबार २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा १० […]