• मंसिर २, २०८१
  • No Comment
  • 100

श्री नवलक्ष्मी साना किसान कृषि सहकारीको २३ औं साधारण सभाबाट समिति चयन, अध्यक्षमा ईन्द्र प्रसाद ढकाल

दिलिप कडेल, सुर्खेत। चौकुने गाउँपालिका – ८ गुठुस्थित श्री नवलक्ष्मी साना किसान कृषि सहकारी संस्थाको २३ औं बार्षिक चुनावी साधारण सभाले सहकारीका जेष्ठ नागरिक देब बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सम्पन्न साधारण सभाले ईन्द्र प्रसाद ढकालको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति निर्विरोध चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा भविसरा भाट सचिवमा विष्णुप्रसाद सापकोटा र कोषाध्यक्षमा लक्षीराम बुढालाई चुनेको छ । त्यस्तै सञ्चालक सदस्यहरुमा डम्बर बि क , कमल न्यौपाने , मिना गौतम , निर्मला आले र हरिकला कामी चुनिएका छन् । लेखा समिति संयोजकमा डिल्लीसरा सलामी मगर तथा सदस्यहरुमा पुर्ण बहादुर दर्लामी र खगिसरा थापा चयन भएका छन् ।

अध्यक्ष थापाको सभापतित्व र चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपानेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा वडा न ८ का वडा अध्यक्ष कमल जि सी र ७ न वडाका वडा अध्यक्ष धनिराम धमलाको आतिथ्य रहेको थियो । निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा समितिको नामावली घोषणा गरी निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र समेत हस्तान्तरण गरेको जनाइएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई ल्यापटप र स्मार्ट टिभी वितरण

चौकुने गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई ल्यापटप र स्मार्ट टिभी वितरण

चौकुने। चौकुने गाउँपालिकाले पालिकाभित्रका रहेका सामुदायिक विद्यालयलाई ल्यापटप र स्मार्ट टि भि वितरण गरेको छ। पालिकाभित्रका १० वटा मावि र प्रा…
चाडपर्वलाई लक्षित गर्दै चौकुने गाउँपालिकामा उद्योग तथा वाणिज्य शाखाको अनुगमन शुरु

चाडपर्वलाई लक्षित गर्दै चौकुने गाउँपालिकामा उद्योग तथा वाणिज्य शाखाको…

दशैलाई लक्षित गर्दै चौकुने गाउँपालिकामा उद्योग तथा बाणिज्य शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ । दशै नजिकिदै गर्दा मासुजन्य पसल, खाध्य…
संविधान दिवसको अवसरमा चौकुने गाउँपालिका वडा न ८ मा सरसफाइ कार्यक्रम सम्पन्न

संविधान दिवसको अवसरमा चौकुने गाउँपालिका वडा न ८ मा…

सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ मा संविधान दिवसको अवसरमा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको छ । “हाम्रो सभ्यता हाम्रो शान,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *