• मंसिर २, २०८१
  • No Comment
  • 190

श्री नवलक्ष्मी साना किसान कृषि सहकारीको २३ औं साधारण सभाबाट समिति चयन, अध्यक्षमा ईन्द्र प्रसाद ढकाल

दिलिप कडेल, सुर्खेत। चौकुने गाउँपालिका – ८ गुठुस्थित श्री नवलक्ष्मी साना किसान कृषि सहकारी संस्थाको २३ औं बार्षिक चुनावी साधारण सभाले सहकारीका जेष्ठ नागरिक देब बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सम्पन्न साधारण सभाले ईन्द्र प्रसाद ढकालको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति निर्विरोध चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा भविसरा भाट सचिवमा विष्णुप्रसाद सापकोटा र कोषाध्यक्षमा लक्षीराम बुढालाई चुनेको छ । त्यस्तै सञ्चालक सदस्यहरुमा डम्बर बि क , कमल न्यौपाने , मिना गौतम , निर्मला आले र हरिकला कामी चुनिएका छन् । लेखा समिति संयोजकमा डिल्लीसरा सलामी मगर तथा सदस्यहरुमा पुर्ण बहादुर दर्लामी र खगिसरा थापा चयन भएका छन् ।

अध्यक्ष थापाको सभापतित्व र चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपानेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा वडा न ८ का वडा अध्यक्ष कमल जि सी र ७ न वडाका वडा अध्यक्ष धनिराम धमलाको आतिथ्य रहेको थियो । निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा समितिको नामावली घोषणा गरी निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र समेत हस्तान्तरण गरेको जनाइएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *