• अशोज १०, २०८१
  • No Comment
  • 40

भुकम्पले थला परेको जाजरकोटमा पहिरोको बितन्डा, अस्थायी आवासमा क्षेती

बुधबार रातीको अबिरल बर्षाले छेडागाड नगरपालिका वडा नं.६ को एक बस्ती नै जोखिममा पारिदिएको छ । वडा नं.६ मा रहेको सुवानाउली गाँउको देउल बस्ती नै जोखिममा परेको छ । ज्यासैन भन्ने स्थानबाट पहिरो सहितको लेदो बस्तीको छेवैमा रहेको खोलामा आएपछी कणर् बहादुर चँदराको घर जोखिममा पारिदिएको छ । भुकम्प प्रभावित बस्तीमा आएको पहिरोले भुकम्प पिडितका लागि सरकारले बनाईदिएको अस्थाई आवास नै पुरी दिएको छ । आवासमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा लगाएतका सबै सामान पुरिदिएको छ । बाढीले क्षेत्ती पुर्याएको देउलबस्तीमा १३ घरधुरी छन र त्यहाँ भएको बाल बिकास केन्द्र पनी पहिरोले पुणर् रुपमा क्षेत्तीग्रस्त बनाईदिएको छ ।

छेडागाड नगरपालिका वडा नं.६ का वडा अध्यक्ष भक्त बहादुर थापाका अनुसार पहिरो आउने चाल पाएपछी स्थानियहरु भागेर ज्यान बचाएपनी घर भित्रका सामानहरु सबै पुरिएका थिए । उनले भने एक त भुकम्पले नागरिकलाई अप्ठेरोमा पारेको थियो त्यसैमाथी पहिरोको बज्रपात आइपर्यो । हामी स्थानिय सरकारको प्रतिनिधी भएका कारण जनताले अप्ठेरो परेका बेला हामीलाई सम्झीए पनी तत्काल केही दिन सकिने अवस्था छैन । यो बिपत्तीमा सरकार जिम्मेवार हुनुपर्छ र अप्ठेरोमा परेका नागरिकलाई तत्काल राहत पुग्नेगरी कदम चाल्नु पर्छ ।

अध्यक्ष थापाले भने पहिलो चरणमा अप्ठेरोमा परेका नागरिकलाई शित र पानीबाट जोगाउन र सुरक्षित स्थानमा राख्नका लागि प्रत्येक घरधुरी र बालबिकास केन्द्रलाई पुग्ने गरी त्रिपाल र खाद्यन्न आवश्यक छ । यो अप्ठेरोमा गम्भिर बनेर तत्काल सहयोग उपलब्ध गराईदिन सम्बन्धीत निकायलाई आग्रह गर्दछु । पहिरोका कारण छेडागाड नगरपालिका र जुनिचाँदे गाँउपालिका जोडने मुख्य बाटो समेत अबारोध भएको र सो अबरोध हटाउन तत्काल छेडागाड नगरपालिकाले डोजर पठाएर खुलाउने काम सुरु भैसकेको नगरप्रमुख रत्न बहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित खबर

जाजरकोट पहिरो अपडेटः घाईते बालिकाको उद्धार, बेपत्ता दुई जनाको शव निकालियो

जाजरकोट पहिरो अपडेटः घाईते बालिकाको उद्धार, बेपत्ता दुई जनाको…

जाजरकोटको बारेकोट गा.पा. वडा नं.६ मा गएराती गएकाे  पहिरोले घर भत्काउँदा पुरीएका दम्पतिको शव फेला परेको छ । पहिरोमा परी गम्भीर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *