• बैशाख २६, २०८३
  • No Comment
  • 53

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ, चिसो पेय र मदिराको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उनीहरूको भनाइ छ।

विशेषगरी मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, युरिक एसिड, मोटोपन, उच्च कोलेस्टेरोल, कब्जियत, क्यान्सर तथा ग्यास्ट्राइटिस भएका व्यक्तिले मासु कम मात्रामा सेवन गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। सेवन गर्नै परे उसिनेको तथा पंक्षीजन्य मासु उपयुक्त हुने बताइएको छ।

चिकित्सकका अनुसार रातो मासु बढी सेवन गर्दा शरीरमा युरिक एसिड बढ्ने, मुटु तथा रक्तनलीसम्बन्धी समस्या निम्तिन सक्ने जोखिम हुन्छ। पारस पन्जियार ले रातो मासुभन्दा हरियो सागसब्जी, फलफूल, दूध र अण्डाजस्ता पोषक आहार नियमित सेवन गर्न सुझाव दिएका छन्।

मासु सेवन गर्दा राम्रोसँग पकाएर मात्र खानुपर्ने तथा प्रयोग गरिने पशु स्वस्थ भए–नभएको यकिन गर्न पनि चिकित्सकहरूले आग्रह गरेका छन्। दशैंजस्ता पर्वमा मासुको प्रयोग बढी हुने भएकाले यसको सेवनमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *