• बैशाख २५, २०८३
  • No Comment
  • 36

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्। तर बजारमा नक्कली मह पनि पाइने भएकाले यसको शुद्धता पहिचान गर्नु आवश्यक हुन्छ। केही सामान्य घरेलु तरिकाबाट मह असली हो वा नक्कली भन्ने थाहा पाउन सकिन्छ।

आगोबाट परीक्षण
महको शुद्धता जाँच्न कपासको सानो टुक्रा महमा भिजाएर आगो लगाउन सकिन्छ। यदि कपासले सजिलै आगो समात्यो भने महमा अशुद्धता भएको संकेत मानिन्छ। शुद्ध मह सामान्यतया सजिलै जल्दैन।

तातो पानीमा परीक्षण
एक गिलास तातो पानीमा एक चम्चा मह हाल्दा पनि यसको गुणस्तर थाहा पाउन सकिन्छ। नक्कली मह पानीमा छिट्टै घुल्न थाल्छ भने शुद्ध मह गिलासको तल्लो भागमा बस्ने गर्छ।

रोटीमा लगाएर परीक्षण
रोटीमा मह दलेर पनि परीक्षण गर्न सकिन्छ। शुद्ध मह लगाएको रोटी केही कडा हुने गर्छ भने नक्कली मह लगाउँदा रोटी नरम हुने बताइन्छ।

औँलाबाट परीक्षण
औँलामा महको एक थोपा राखेर यसको बनावट पनि जाँच्न सकिन्छ। शुद्ध मह सामान्यतया हल्का पातलो र चिपचिपा हुन्छ। नक्कली मह भने धेरै बाक्लो देखिन सक्छ।

स्वास्थ्यका लागि उपयोगी मानिने मह प्रयोग गर्दा यसको शुद्धतामा ध्यान दिन विशेषज्ञहरूले सुझाव दिएका छन्।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *