• बैशाख २४, २०८३
  • No Comment
  • 31

जाजरकोटमा ट्याक्टर दुर्घटना : चालकसहित तीन जना घाइते, एकको अवस्था गम्भीर

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ स्थित छहरे खोलामा बिहीबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।

टासीबाट कार्कीज्युलातर्फ जाँदै गरेको भे २ त २३६१ नम्बरको ट्याक्टर अपराह्न करिब ४:३० बजे ब्रेक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय नायकवाडाका अनुसार दुर्घटनामा चालक भेरी नगरपालिका–६ का २२ वर्षीय गगन विक गम्भीर घाइते भएका छन्। उनको शरीरको भित्री भागमा चोट लागेको बताइएको छ।

यस्तै, सहचालक १८ वर्षीय जय पुन र बारेकोट गाउँपालिका–२ का ३३ वर्षीय बिरेन्द्र गिरी घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक अशोक बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण ट्याक्टरको ब्रेक फेल हुनु रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *