- बैशाख २७, २०८२
- No Comment
- 97
भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबीको भारतले खण्डन गरेको छ । भारतीय सेनाले पाकिस्तानले आदमपुरमा भारतीय एस ४०० प्रणाली ध्वस्त पारेको भन्ने दाबी खण्डन गरेको हो ।
पाकिस्तानले सुरतगढ र सिरसाको हवाइ मैदान, नगरोटामा ब्रह्मोस आधार शिविर, देहरांग्यारीमा आरटी गन पोजिसन र चण्डीगढ फरवार्ड एम्युनिशन डिपो नष्ट गरेको दाबी गरेको छ ।
भारतीय सेनाले यी सबै दाबी खण्डन गरेको छ ।
यसलाई भारतले ‘सामाजिक सञ्जालमा प्रचार गरी निरन्तर दुर्भावनापूर्ण गलत सूचना अभियान चलाउने प्रयास’ को संज्ञा दिएको छ ।
पाकिस्तानले फैलाएका यी झुठा कथनहरुलाई स्पष्ट रुपमा अस्वीकार गरिएको सेनाले उल्लेख गरेको छ ।