• बैशाख १८, २०८३
  • No Comment
  • 54

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८ मा सञ्चालित सामुदायिक सशक्तीकरण तथा लाईसेट परियोजना अन्तर्गत इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ।

चौकुने गाउँपालिका वडा नं. ८ स्थित एकीकृत नमुना गाउँ कोलगाडमा आयोजित कार्यक्रममा पहिलो चरणमा ३५ घरधुरी र दोस्रो चरणमा ३९ घरधुरी गरी जम्मा ७४ घरधुरीलाई इन्डक्सन चुलो वितरण गरिएको हो। कार्यक्रम कस्तुरे बि.क.को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा खडक बिवस बासपानेको उपस्थिति रहेको थियो।

यसैगरी, विशेष अतिथिहरूमा चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला, समाजजागरण स्याक नेपाल वीरेन्द्रनगर सुर्खेतका कार्यकारी निर्देशक टिकाराम आचार्य, समाज जागरण स्याक नेपाल सुर्खेतका सदस्य चौहान सिंह राना मगर, हरि तिवारी, श्रृजना भट्टराई तथा चौकुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय लगायत स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक टिकाराम आचार्यले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै यसले समुदायमा स्वच्छ ऊर्जा प्रयोग, स्वास्थ्य सुधार तथा वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख अतिथि खडक बिवस बासपानेले यस्ता कार्यक्रमले ग्रामीण जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभयो।

यस कार्यक्रमले स्थानीय बासिन्दालाई धुवाँरहित, सुरक्षित र आधुनिक चुलो प्रयोगतर्फ प्रेरित गर्दै जीवनशैली सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन समाजजागरण स्याक नेपाल चौकुनेका प्रतिनिधि गणेश बि.क.ले गर्नुभएको थियो।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *