• बैशाख २७, २०८२
  • No Comment
  • 38

महिला विश्वकप छनोट : पाँच ओभरको खेलमा नेपालले बहराइनलाई हरायो

आईसीसी महिला टी२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई नौ विकेटले पराजित गरेको छ ।

वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।नेपालका लागि कविता कुँवर ११ बलमा १८ रन बनाए रनआउट हुँदा सम्झना खड्का र कप्तान इन्दु बर्माले क्रमशः १३ र ७ रन जोडे त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाएर ४१ रन बनायो।

उसका लागि कप्तान दिपिका रसङ्गीकाले १३ बलमा ६ चौका र एक छक्काको मद्दतले ३४ रन जोडेर अविजित रहिन

। त्यसबाहेक थरङ्गा गजनायक १२ बलमा ३ रन बनाउँदा जेनव फजिलले दुई रन मात्र जोड्न सकिन् । नेपालकी पूजा महतोले एक विकेट लिइन् । जितसँगै नेपालले दुई अंक बटुलेको छ ।

अब नेपालले आफ्नो अर्को खेल मंगलबार हङकङसँग र बिहीबार पुनः बहराइनसँगै खेल्नेछ । विश्वकप एसिया छनोटमा नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा आयोजक थाइल्यान्ड, भुटान र कुवेत हुँदा समूह ‘बी’मा मलेसिया कतार र युएई तथा समूह ‘सी’मा हङकङ, नेपाल र बहराइन छ।प्रत्येक समूहमा डबल राउन्ड रोबिनका आधारमा खेल हुनेछ ।

त्यसरी हुने टोलीबाट सुपर थ्री भनेर उत्कृष्ठ तीन टोली छानिनेछन् । सुपर थ्रीमा रहेका टोलीले एकअर्काबीच खेल्नेछन् ।

त्यसरी छानिएका उत्कृष्ट दुई टिमले आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने महिला टी२० विश्वकपमा सहभागी हुनेछन् ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *