• पुस ११, २०८१
  • No Comment
  • 53

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले बताए ।
चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पेट्रोलियम अन्वेषणको काम चिनियाँ र नेपाली गरी ८० जनाको समूहले गरिरहेको छ ।

सम्बन्धित खबर

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिँदा…
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’…
दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले दैलेख महावु गाउँपालिका-२, पिपलपाटा निवासी ३० वर्षीय डिल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *