• भदौ ९, २०८१
  • No Comment
  • 19

दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले दैलेख महावु गाउँपालिका-२, पिपलपाटा निवासी ३० वर्षीय डिल बहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका छन् । यस्तै भगवतीमाई गाउँपालिका-१, राँकाका २६ वर्षीय रेमश थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

महावुका घाइते ३ जनामध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने बढी असक्त भएका नगेन्द्र सुनारको मुटुको चाल असामान्य रहेकोले दैलेखमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरीएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

सम्बन्धित खबर

कालीकोटमा चट्याङ लागेर चार जना घाइते

कालीकोटमा चट्याङ लागेर चार जना घाइते

कालीकोटको नरहरिनाथ गाउँपालिका -५ मा पर्ने लेकाली क्षेत्रमा चट्याङ लागेर चार जना घाइते भएका छन् । भेडीगोठमा लागेको चट्याङले सयौ भेडासहित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *