• मंसिर २६, २०८१
  • No Comment
  • 31

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रु नौमूले गाउँपालिका-५ सालकोटकी ४६ वर्षीया अमृता विकको घटना स्थलमा मृत्यु थियो । पैदल हिँडेर दैलेख अस्पताल जाँदै गरेकी विकलाई विपरीत दिसाबाट आइरहेको उक्त ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । महिला मधुमेह रोगको जाँच गराउनका लागि अस्पताल जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।

ठक्कर दिएर भागेका चालकलाई प्रहरीले पक्राउ गरीसकेको छ । ठक्कर दिने ट्रक र अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ बलकोटका चालक गणेश दमाईलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालिएको प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । उक्त घटना मंसिर २४ गते बिहान भएको तर पिडीत पक्षले न्याय नपाएको भन्दैै आ  न्दोलन गरेका छन् । आन्दोलनमा दैलेख सुर्खेत चल्ने यातायात ठप्प पारीएको छ । “पिडीत पक्षले उचित न्याय, क्षतिपुर्ती पाउनुपर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित खबर

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय…
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’…
दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले दैलेख महावु गाउँपालिका-२, पिपलपाटा निवासी ३० वर्षीय डिल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *