• जेष्ठ ३१, २०८३
  • No Comment
  • 116

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी टोलीले ३९ वर्षीया कमला कुमारी शाहीलाई सुर्खेतको पञ्चपुरी नगरपालिका–३ पलैटेस्थित प्रेमबहादुर शाहीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा  पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार पक्राउ परेकी शाहीलाई बैंकिङ कसूर मुद्दाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा बुझाउन पठाइएको हो।

आज (जेठ ३१ गते) बिहान ९:५५ बजे इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत प्रहरी सहायक हवलदार (प्रसह) देवराज गिरीको जिम्मा लगाई उनलाई श्री एयरलाइन्सको उडानमार्फत ललितपुर पठाइएको प्रहरी जवान जिवेश शाहीले जानकारी दिएका छन्।

 

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *