• जेष्ठ ३१, २०८३
  • No Comment
  • 76

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट दुई जना गम्भीर घाइते 

सुर्खेत, ३१ जेठ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटाला चोकमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार जेठ ३० गते राति करिब ८:५५ बजे नेवारेबाट पिपिरा चोकतर्फ जाँदै गरेको भे ७ प ४५७८ नम्बरको मोटरसाइकलले सोही दिशामा पैदल हिँडिरहेकी महिलालाई पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक र पैदल यात्री दुवै जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेताल निवासी ४५ वर्षीय राजन सुवेदी रहेका छन्। उनको मुख तथा अनुहारमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुर निवासी ४३ वर्षीया बिमला बि.क. पनि दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

दुर्घटनालगत्तै दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि खजुरास्थित ट्रमा केयर अस्पताल पठाइएको छ। घटनाबारे दुवै पक्षका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुना, सुर्खेतबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार शाहीको कमाण्डमा चार जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *