• जेष्ठ ३१, २०८३
  • No Comment
  • 7

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना तथा इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

ट्याम्पो भीरमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले समेत घटनाबारे चासो देखाएका थिए। त्यसपछि प्रहरीले घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान सुरु गरेको हो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछका लागि १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरू वन रक्षक तहका कर्मचारी रहेको जनाइएको छ।

उक्त घटनापछि जिल्ला वन अधिकृत (डीएफओ) रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन्।

यसअघि वन कार्यालयले वन क्षेत्र अतिक्रमण गरी ट्याम्पोमा खोका पसल सञ्चालन भइरहेको अवस्थामा हटाउने क्रममा घटना भएको दाबी गर्दै स्पष्टीकरण दिएको थियो। कार्यालयका अनुसार ट्याम्पो जानाजान वा नियतवश भीरबाट नखसालिएको दाबी गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *