• कार्तिक ७, २०८१
  • No Comment
  • 1

पञ्चपुरी नगरपालिका ९ बिध्यापुरमा डेङ्गु सङ्क्रमण फैलिदै ७० जनामा डेङ्गु सङक्रमण पुष्टि

दिलिप कडेल
केही दिन यता पञ्चपुरी नगरपालिका वडा न ९ मा डेङ्गुको सङ्क्रमण फैलिएको छ । नगरपालिकाको बिध्यापुर स्वास्थ्य चौकीमा उपचार गर्न आएका धेरैलाई डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको स्वास्थ्य चौकीले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण अहिलेसम्म कालावन ,तल्लोबिजु , राग , बिध्यापुर बजार क्षेत्रका बिरामीमा पुष्टि भएको हो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि प्रदेश अस्पतालमा पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि पालिकाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको बिध्यापुर स्वास्थ्य चौकीका सि अ हे व दिनेश गौतमले बताउनुभयो ।यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको स्वास्थ्य चौकीका सि अ हे व गौतमले बताउनुभयो ।उनका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ । कार्यालयको दैनिक तथ्याङ्कअनुसार दशै यता ७० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ र अझै पनि सङ्क्रमण बढ्न सक्ने संकेत देखिएको छ

सम्बन्धित खबर

पञ्चपुरीमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

पञ्चपुरीमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

दिलिप कडेल, सर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-४ चनालिमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानीयवासी मिलन सलामिका अनुसार मृत्यु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *