• असार १३, २०८३
  • No Comment
  • 3

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग तथा परिवार नियोजनसम्बन्धी औषधि नपाउँदा दीर्घरोगीहरू प्रभावित बनेका छन्।

प्रदेश सरकारले हालसम्म आवश्यक औषधि आपूर्ति नगरेकाले जिल्ला अस्पताल सल्यानसहित विभिन्न पालिकाका स्वास्थ्य संस्थामा समस्या देखिएको हो। निःशुल्क उपलब्ध हुने औषधि नपाएपछि बिरामीहरू निजी मेडिकलबाट महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन्।

स्थानीयले नियमित सेवन गर्नुपर्ने औषधि अभाव हुँदा आर्थिक भार थपिएको र उपचार व्यवस्थापनमा कठिनाइ भएको बताएका छन्। स्वास्थ्य संस्थाहरूले भने प्रदेशस्तरबाट औषधि आपूर्ति भएपछि समस्या समाधान हुने बताएका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *