• साउन १३, २०८१
  • No Comment
  • 48

पञ्चपुरीमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

दिलिप कडेल, सर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-४ चनालिमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

स्थानीयवासी मिलन सलामिका अनुसार मृत्यु हुनेमा सोही वडाका हर्क बहादुर बुच्चा मगरका ७ वर्षीय छोरा तपेन्द्र बुच्चा मगर रहेका छन ।

शनिबार घर नजिकैको जंगलमा गाईगोरु चराउन गएका बेला दिउँसो ३ बजेतिर धेरै अरिङ्गालले टोकेर मृत्यु भएको हो । उनलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको सलामीले जानकारी दिए ।  त्यसअघि घरेलु उपचारकाे प्रयास पनि गरीएकाे थियाे ।

स्थानियका अनुसार अरिङ्गालले गाई-गोरु-बाख्रालाईसमेत टोकेको  छ । मृतक बालक श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चनालिमा कक्षा ३ मा अध्ययनरत गर्दै आएका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *