• कार्तिक ६, २०८१
  • No Comment
  • 92

रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । यस अघि सोमबार पनि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो । रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

सम्बन्धित खबर

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट सोमबार सुनुवाइ हुँदैछ । सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमान सिंह…
रवि लामिछानेलाई रुपन्देही लैजाने प्रहरीको तयारी

रवि लामिछानेलाई रुपन्देही लैजाने प्रहरीको तयारी

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी गरेको छ । सहकारीको रकम हिनामीना प्रकरणमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *