• अशोज ४, २०८१
  • No Comment
  • 419

चौकुने गाँउपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृतमा नगेन्द्र प्रसाद रिजाल

चौकुने सुर्खेत सुर्खेतको चौकुने गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगेन्द्र प्रसाद रिजाल लाई स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष खडक बि क बासपाने वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा सबैले पाल्पाली ढाका टोपी र फूलमाला सहित स्वागत गर्नु भएको छ ।

अध्यक्ष खडक बि क बासपानेले नयाँ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालाई सबै जनप्रतिनिधिले कार्य सम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाउनु भएको छ । चौकुने गाउँपालिका अरु पालिकाको सन्दर्भमा दुर्गम र धार्मिक पर्यटनको सम्भावनायुक्त गाउँपालिका भएकाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र गाउँपालिकाको विकास सम्भव हुने बताउनु भएको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालले आफ्नो अनुभव र क्षमतालाई गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहमा खर्चिने प्रतिबद्धता जनाउनु भएको छ ।यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्य उद्योग मन्त्रालयको कार्यालयमा सरुवा भई गएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा नगेन्द्र प्रसाद रिजाल चौकुने गाउँपालिकामा आउनु भएको छ ।

सम्बन्धित खबर

चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर…

 सुर्खेत। चौकुने गाउँपालिका को आयोजना तथा साथी अस्पताल टिकापुर कैलालीको प्राविधिक सहयोगमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर २०८३ साल बैशाख २७ गते…
सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा  सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा…
सुर्खेतकाे चाैकुने गाउँपालिकामा पहिलाे पटक पशुमा कृत्रिम गर्भाधान सुरू

सुर्खेतकाे चाैकुने गाउँपालिकामा पहिलाे पटक पशुमा कृत्रिम गर्भाधान सुरू

सुर्खेतको चौकुने गाउपालिका वडा न ४ बिजौरामा पहिलोपटक पशुमा कृत्रिम गर्भाधान सुरु भएको छ । पशुमा नश्ल सुधार गर्न कृत्रिम गर्भाधान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *