• अशोज ८, २०८१
  • No Comment
  • 46

सुर्खेतकाे चाैकुने गाउँपालिकामा पहिलाे पटक पशुमा कृत्रिम गर्भाधान सुरू

सुर्खेतको चौकुने गाउपालिका वडा न ४ बिजौरामा पहिलोपटक पशुमा कृत्रिम गर्भाधान सुरु भएको छ । पशुमा नश्ल सुधार गर्न कृत्रिम गर्भाधान गर्न सुरु गरिएको बिजौराका पशु स्वास्थ्य प्राविधिक टंक ढकालले बताउनु भएको छ ।कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने र कृषकलाई आर्थिक लाभ पनि हुने भएकाले पहिलो पटक चौकुने गाउँपालिकाले नमुनाका लागि उक्त कार्य सुरु गरेको वडा न ४ क वडा अध्यक्ष टोपबहादुर बुढा क्षेत्री ले बताउनु भएको छ । कृषकको मागअनुसार कृत्रिम गर्भधान गर्ने व्यवस्था मिलाइएको अध्यक्ष बुढा क्षेत्रीको भनाइ रहेको छ ।

पशुमा गरिने कृत्रिम गर्भाधानले पशुको जातीमा पनि सुधार ल्याउन सकिने भएकाले कृत्रिम गर्भाधान सुरु गरिएको पशु चिकित्सकहरू बताउँछन् ।गाउँमै कृत्रिम गर्भाधानको व्यवस्था भएसँगै स्थानीय कृषक हर्षित भएका छन् । गर्भाधान गराउन पशुलाई गाउँमा लगी चर्को शुल्क तिर्नुपर्ने बाध्यता भोग्दै आएका कृषक कृत्रिम गर्भधानको व्यवस्था भएपछि खुसी भएको वडा नम्बर ४ कृषक चम्फादेवी बि सी ले बताएकि छिन् । अन्य कृषकहरु पनि खुसी हुँदै भने, ‘हामीले गाईभैंसी र बाख्रा पालेका छौं । गर्भाधान गराउन साह्रै मुस्किल हुन्थ्यो । त्यो समस्याबाट छुट्करा मिल्ने भएपछि कृषकहरु खुसी भएको वडा अध्यक्ष टोपबहादुर बुढा क्षेत्री बताउनु भएको छ ।

सम्बन्धित खबर

चौकुने गाँउपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृतमा नगेन्द्र प्रसाद रिजाल

चौकुने गाँउपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृतमा नगेन्द्र प्रसाद रिजाल

चौकुने सुर्खेत सुर्खेतको चौकुने गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगेन्द्र प्रसाद रिजाल लाई स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष खडक…
चाैकुने गाउँपालिकाद्वारा सामुदायिक विद्यालयहरू अनुगमन

चाैकुने गाउँपालिकाद्वारा सामुदायिक विद्यालयहरू अनुगमन

चौकुने गाउँपालिका गुटुले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा जानकारी लिन सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । गाउँपालिकाले आज  विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *