• भदौ २९, २०८१
  • No Comment
  • 180

जाजरकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु

जाजरकोट भेरी नगरपालिका – २ पोखरा बस्ने ५५ वर्षिय कोसिला कामिको चट्याङ लागेर मृत्यु भएको छ । आज साँझ ५: ४० बजेको समयमा परेको चट्याङले घाइते भएकी कामिको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनाको खबर पश्चात प्रहरी बरिष्ट हवलदार गेद बहादुर चन्दको कमाण्डमा चार जनाको टोलि खटिएर घाइते कोसिलालाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा ८:०० बजेको समयमा उनको मृत्यु भएको छ ।
कामीको घर नजिकै चट्याङ परेकाले एउटा भेडा समेत मरेको छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *