• असार २५, २०८१
  • No Comment
  • 317

संविधानको धारा ७६ (२) अनुसारकै सरकार बन्छ: कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुने बताएका छन्।

जोरपाटीमा मंगलबार खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन्।

बहुमत गुमाइसकेको भन्दै एमाले-कांग्रेसले राजीनामा माग गरिरहेको बेला हालका प्रधानमन्त्री पुष्पकमल दाहालले भने असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

दाहालले विश्वासको मत जुटाउन नसके संविधान धारा ७६ को उपधारा ९३० मा अनुसारको सरकार बन्न सक्ने विषयमा बहस भइरहेका बेला कोइरालाले आफ्नो धारणा राखेका हुन्।

‘अबको सरकार संविधानको धारा ७६ को २ अनुसार हुन्छ कि ३ अनुसार भन्ने विषय मिडियामा आइरहेको छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु-यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ,’ उनले थपे, ‘यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईँहरूको माझमा राख्न चाहन्छु।’

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *