• बैशाख ३०, २०८३
  • No Comment
  • 30

केराउ खाँदा हुन्छन् यस्ता फाइदा थाहापाउनुहोस् !

काठमाडौं । नेपाली भान्सामा लोकप्रिय परिकारका रूपमा प्रयोग हुने केराउ स्वादका साथै स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी मानिएको छ। विशेषगरी चिसो मौसममा बढी प्रयोग हुने केराउ अहिले वर्षभरि नै विभिन्न परिकारमा प्रयोग हुँदै आएको छ।

विशेषज्ञहरूका अनुसार केराउमा पाइने पोषक तत्वले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै विभिन्न रोगबाट बचाउन सहयोग गर्छ। नियमित रूपमा केराउ सेवन गर्दा क्यान्सर, मोटोपन तथा मधुमेहजस्ता समस्याको जोखिम कम हुने बताइन्छ।

केराउमा प्रशस्त मात्रामा फलाम तत्व पाइने भएकाले रक्तअल्पता हुने सम्भावना घट्ने विश्वास गरिएको छ। साथै यसले शरीरमा रगतको स्तर सन्तुलित राख्न मद्दत गर्ने भएकाले मधुमेह नियन्त्रणमा समेत उपयोगी मानिन्छ।

यस्तै, केराउले शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा नियन्त्रण गर्न सहयोग गर्ने बताइएको छ। फाइबरयुक्त भएकाले यसले मेटाबोलिज्म बढाई शरीरमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ।

स्वास्थ्यका साथै सौन्दर्यका हिसाबले पनि केराउ उपयोगी रहेको जनाइएको छ। केराउको लेप अनुहारमा प्रयोग गर्दा चाउरीपन कम भई छालामा चमक आउने विश्वास गरिन्छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *