• बैशाख ३०, २०८३
  • No Comment
  • 64

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतलागुऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार अपराह्न करिब ४ बजे वीरेन्द्रनगर नगरपालिका–३बाट ४८ वर्षीय यकेन्द्र सुनार र वीरेन्द्रनगर नगरपालिका–१४ निवासी २० वर्षीय प्रशान्त सुनारलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको शरीर तथा घरकोठा खानतलासी गर्दा १०९ पुडिया ब्राउनसुगर बरामद भएको छ। बरामद लागुऔषधको तौल प्लास्टिकसहित ७ ग्राम ८७० मिलिग्राम र शुद्ध तौल ३ ग्राम ७२० मिलिग्राम रहेको जनाएको छ। साथै, स्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख १५ हजार ५ सय ५० नगदसमेत फेला परेको छ।

त्यसैगरी, प्रहरीले सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गहना तथा चाँदीजस्तो देखिने सेतो धातुका गरगहनासमेत बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा तिलहरी, औंठी, चन्द्रमा, नथिया, बुलाकी, माला, पाउजु, बाला, सिक्री, बिछिया लगायतका गहनाहरू रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएका गहनाको आधिकारिक बिलविजक फेला नपरेकाले ती सामग्रीको स्रोतबारे समेत अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवैमाथि लागुऔषध कारोबार तथा अवैध सम्पत्तिसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *