• असार २५, २०८१
  • No Comment
  • 351

संविधानको धारा ७६ (२) अनुसारकै सरकार बन्छ: कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुने बताएका छन्।

जोरपाटीमा मंगलबार खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन्।

बहुमत गुमाइसकेको भन्दै एमाले-कांग्रेसले राजीनामा माग गरिरहेको बेला हालका प्रधानमन्त्री पुष्पकमल दाहालले भने असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

दाहालले विश्वासको मत जुटाउन नसके संविधान धारा ७६ को उपधारा ९३० मा अनुसारको सरकार बन्न सक्ने विषयमा बहस भइरहेका बेला कोइरालाले आफ्नो धारणा राखेका हुन्।

‘अबको सरकार संविधानको धारा ७६ को २ अनुसार हुन्छ कि ३ अनुसार भन्ने विषय मिडियामा आइरहेको छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु-यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ,’ उनले थपे, ‘यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईँहरूको माझमा राख्न चाहन्छु।’

सम्बन्धित खबर

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…
यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *