• बैशाख ३०, २०८३
  • No Comment
  • 171

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

मुद्दामा तत्कालीन सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी र गेहेन्द्रबहादुर डाँगीसँगै तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द (क्षत्री) तथा सह–लेखापाल खड्कबहादुर रानालाई प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार सटर कबल तथा जग्गा भाडाबाट उठेको राजस्व रकम समितिको खातामा जम्मा नगरी दुरुपयोग गरिएको उजुरीपछि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उठेको राजस्व हिनामिना भएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ।

आयोगले टीकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ, नरहरि तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२ रुपैयाँ तथा गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो कायम गरेको छ। यस्तै सीमाकुमारी चन्दविरुद्ध २ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ र खड्कबहादुर रानाविरुद्ध २ करोड ९४ लाख ८७ हजार ६८१ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ।

तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीको निधन भइसकेकाले उनकी श्रीमती सीमाकुमारी चन्दलाई प्रतिवादी बनाइएको आयोगले उल्लेख गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *