• बैशाख ३०, २०८३
  • No Comment
  • 34

जाजरकोटमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना : चालक घाइते

जाजरकोट, ३० वैशाख । भेरी नगरपालिका–४स्थित पानी ट्याङ्की क्षेत्रमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।

बुधबार बिहान करिब ९ः५० बजे खलंगा बजारबाट नेटा बजारतर्फ जाँदै गरेको रा १ च ९२९ नम्बरको जिप उकालो चढ्ने क्रममा अचानक पछाडि सरेर सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दाङको तुलसीपुर उपमहानगरपालिका–६ निवासी ३७ वर्षीय चालक टोप बहादुर बस्नेत घाइते भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी सहायक निरीक्षक किरण गुरुङको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइते चालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाएको जनाएको छ।

अस्पताल स्रोतका अनुसार घाइते बस्नेतको अवस्था मध्यम रहेको छ। दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *