• बैशाख ३०, २०८३
  • No Comment
  • 114

सुर्खेतमा अनलाइन जुवा खेलाएकाे आरोपमा शिक्षकसहित ३ जना पक्राउ

सुर्खेत, ३० वैशाख । विद्युतीय माध्यमबाट अनलाइन जुवा (बेट्टिङ) सञ्चालन गर्ने तथा बैङ्क खाताको दुरुपयोग गरी अवैध आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–९ का ३९ वर्षीय शिक्षक महेन्द्र कुमार बोहरा, ४२ वर्षीय व्यापारी यामलाल बि.क. र ४४ वर्षीय होटल व्यवसायी डम्बर ब. बि.क. रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिक्षक बोहराको नाममा सञ्चालन भएका ६ वटा बैङ्क खातामार्फत करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको छ। यस्तै, यामलाल बि.क.ले ५ वटा तथा डम्बर ब. बि.क.ले ९ वटा विभिन्न बैङ्क खाता खोली अवैध कारोबारमा प्रयोग गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग गरी सर्वसाधारणलाई प्रलोभनमा पार्ने, हातजित हुने भन्दै अनलाइन जुवा खेलाउने तथा विभिन्न व्यक्तिका नाममा खाता सञ्चालन गरी स्रोत नखुलेको रकम संकलन गर्ने कार्यमा उनीहरू संलग्न रहेको पाइएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि बैङ्किङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, अनलाइन ठगी तथा जुवाजन्य गतिविधि गम्भीर अपराध भएकाले आफ्नो बैङ्क खाता, पिन कोड (PIN) र ओटीपी (OTP) जस्ता गोप्य विवरण कसैलाई पनि नदिन सर्वसाधारणलाई आग्रह गरिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *