- बैशाख २४, २०८३
- No Comment
- 10
चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

सुर्खेत। चौकुने गाउँपालिका को आयोजना तथा साथी अस्पताल टिकापुर कैलालीको प्राविधिक सहयोगमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर २०८३ साल बैशाख २७ गते घाटगाउँ स्वास्थ्य चौकी, चौकुने–१०, मा सञ्चालन हुने भएको छ। शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा, महिला रोग (स्त्रीरोग) विशेषज्ञ सेवा, जनरल सर्जन सेवा तथा जनरल मेडिसिन सेवा उपलब्ध गराइने जनाइएको छ।
साथै हाडजोर्नी तथा नसासम्बन्धी समस्या, महिलाको तल्लो पेट तथा पाठेघरसम्बन्धी समस्या, शरीरमा गाँठागुँठी तथा अनावश्यक मासु पलाएको समस्या भएका बिरामीका लागि विशेष सेवा, सुझाव तथा आवश्यक परे रेफर सुविधा समेत उपलब्ध गराइनेछ।
स्वास्थ्य समस्या भएका सम्पूर्ण नागरिकलाई समयमै उपस्थित भई सेवा लिन गाउँपालिकाले अनुरोध गरेको छ। साथै गाउँपालिकाले यस्तो अवसर पटक–पटक नआउने भएकाले स्वास्थ्य समस्या भएका नागरिकलाई सेवा लिन आग्रह समेत गरेको छ।



