• अशोज २८, २०८२
  • No Comment
  • 129

२ लाख घुससहित पक्राउ परेका धुलिखेल मालपोतका खरिदारविरुद्ध मुद्धा दायर

काभ्रे — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भण्डारीले काभ्रेपलाञ्चोक साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू जग्गाधनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए।

अनुसन्धानपछि भण्डारीले सो रकम लिएर सेवाग्राहीको काम अघि बढाउने प्रयास गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ। यसका आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी देखाउँदै दुई लाख रुपैयाँ बिगो माग दाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले सार्वजनिक सेवामा आचरणविपरीत कार्य गर्ने सरकारी कर्मचारीविरुद्ध कडा कारबाहीको नीति निरन्तर अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *