• अशोज २८, २०८२
  • No Comment
  • 19

२ लाख घुससहित पक्राउ परेका धुलिखेल मालपोतका खरिदारविरुद्ध मुद्धा दायर

काभ्रे — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भण्डारीले काभ्रेपलाञ्चोक साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू जग्गाधनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए।

अनुसन्धानपछि भण्डारीले सो रकम लिएर सेवाग्राहीको काम अघि बढाउने प्रयास गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ। यसका आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी देखाउँदै दुई लाख रुपैयाँ बिगो माग दाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले सार्वजनिक सेवामा आचरणविपरीत कार्य गर्ने सरकारी कर्मचारीविरुद्ध कडा कारबाहीको नीति निरन्तर अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित खबर

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…
विहान खाली पेटमा मेथी खानु मुटुका लागि लाभदायक

विहान खाली पेटमा मेथी खानु मुटुका लागि लाभदायक

काठमाडौं । हालका वर्षहरूमा स्वास्थ्यप्रति सचेत मानिसहरूबीच बिहान खाली पेटमा मेथी खाने प्रवृत्ति बढ्दै गएको छ । कतिपयले यसलाई तौल घटाउने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *