• भदौ १६, २०८२
  • No Comment
  • 36

आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जित्यो

भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० सिरिज नेपाल ‘ए’ले ३–२ ले जितेको छ। सोमबार भएको पाचौं तथा निर्णायक खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।

पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रनको विशाल योगफल बनायो। सन्दीप जोराले ३९ बलमा ६४ रन प्रहार गर्दै टिमलाई बलियो आधार दिए। शुभ कंसाकारले ४१, इशान पाण्डेले ३२ र आदिल अन्सारीले २५ रन जोडे।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमा सीमित भयो। नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान दुई-दुई विकेट हात पारे भने बसिर अहमद र आदिल अन्सारीले एक-एक विकेट लिए।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ डिएलएस प्रणालीमार्फत १५ रनले पराजित भएको थियो। दोस्रो खेलमा ९६ रनको फराकिलो जित निकालेको नेपाल ‘ए’ले तेस्रो खेलमा ९ रनले जित हासिल गरेको थियो। चौथो खेलमा भने नेपाल १८ रनले पराजित भएको थियो।

पाँचौं खेल जितेसँगै नेपाल ‘ए’ले सिरिज ३–२ को नतिजासहित आफ्नो पक्षमा पार्न सफल भएको हो।

सम्बन्धित खबर

सुर्खेतमा नक्कली विवाह गराई ठगी गर्ने दुई जना पक्राउ

सुर्खेतमा नक्कली विवाह गराई ठगी गर्ने दुई जना पक्राउ

सुर्खेत – नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत सम्पर्क गरी नक्कली आमा–बुवा तथा…
स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण…

चौकुने । सुर्खेतको चौकुने गाँउपालिकामा स्थानिय विपद व्यवस्थापन समिति र सरोकारवालामा वालमैत्री पुर्व सुचना प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न…
रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि गएराति आक्रमण भएको छ। भण्डारीलाई काठमाडौँको कपनस्थित प्रगतिनगरस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *