• भदौ १६, २०८२
  • No Comment
  • 187

आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जित्यो

भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० सिरिज नेपाल ‘ए’ले ३–२ ले जितेको छ। सोमबार भएको पाचौं तथा निर्णायक खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।

पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रनको विशाल योगफल बनायो। सन्दीप जोराले ३९ बलमा ६४ रन प्रहार गर्दै टिमलाई बलियो आधार दिए। शुभ कंसाकारले ४१, इशान पाण्डेले ३२ र आदिल अन्सारीले २५ रन जोडे।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमा सीमित भयो। नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान दुई-दुई विकेट हात पारे भने बसिर अहमद र आदिल अन्सारीले एक-एक विकेट लिए।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ डिएलएस प्रणालीमार्फत १५ रनले पराजित भएको थियो। दोस्रो खेलमा ९६ रनको फराकिलो जित निकालेको नेपाल ‘ए’ले तेस्रो खेलमा ९ रनले जित हासिल गरेको थियो। चौथो खेलमा भने नेपाल १८ रनले पराजित भएको थियो।

पाँचौं खेल जितेसँगै नेपाल ‘ए’ले सिरिज ३–२ को नतिजासहित आफ्नो पक्षमा पार्न सफल भएको हो।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *