• भदौ ११, २०८२
  • No Comment
  • 92

चौकुने गाउँपालिकामा-८ मोतीसेरा र ३ सिमलखेतमा तीज विशेष कार्यक्रम सम्पन्न

चौकुने । सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ मोतिसेराको पिपल चौतारीमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा वडा न ८ को कार्यालयले आयोजना गरिएको उक्त कार्यक्रममा वडाका विभिन्न टोलका महिलाहरूले सहभागी भई नाचगान प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सी ले तीज पर्वले चेली र माइतीबीच आपसी एकता, माया–ममता र सांस्कृतिक पहिचानलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले मौलिक पर्वलाई आत्मसात् गर्दै संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। त्यसैगरी, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमलखेत चाैकुने ३ मा टाेल स्तरिय तिज गित प्रतियाेगिता वि.व्य.स.जेष्ठ सदस्य श्री शान्तीदेवी बन्ताेलाकाे सयाेजकत्वमा सम्पन्न भएको छ उक्त प्रतियाेगितामा लामकाने , हल्दुखेत,बन्ताेलाटाेल जुम्ली टाेल , बाहुन टाेल आमा समुह गरी ६ वटा टाेलकाे सहभागिता रहेकाे थियाे। जसमा प्रथम बन्ताेला टाेल ,दित्तिय हल्दुखेत टाेल ,तृतिय बाहुन टाेल ,सान्त्वना जुम्ली टाेल भएका थिए ।उक्त प्रतियोगितामा पुरुस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक श्री दुर्ग ब . बि.क.जानकारी दिनु भएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *