• भदौ ११, २०८२
  • No Comment
  • 192

चौकुने गाउँपालिकामा-८ मोतीसेरा र ३ सिमलखेतमा तीज विशेष कार्यक्रम सम्पन्न

चौकुने । सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ मोतिसेराको पिपल चौतारीमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा वडा न ८ को कार्यालयले आयोजना गरिएको उक्त कार्यक्रममा वडाका विभिन्न टोलका महिलाहरूले सहभागी भई नाचगान प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सी ले तीज पर्वले चेली र माइतीबीच आपसी एकता, माया–ममता र सांस्कृतिक पहिचानलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले मौलिक पर्वलाई आत्मसात् गर्दै संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। त्यसैगरी, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमलखेत चाैकुने ३ मा टाेल स्तरिय तिज गित प्रतियाेगिता वि.व्य.स.जेष्ठ सदस्य श्री शान्तीदेवी बन्ताेलाकाे सयाेजकत्वमा सम्पन्न भएको छ उक्त प्रतियाेगितामा लामकाने , हल्दुखेत,बन्ताेलाटाेल जुम्ली टाेल , बाहुन टाेल आमा समुह गरी ६ वटा टाेलकाे सहभागिता रहेकाे थियाे। जसमा प्रथम बन्ताेला टाेल ,दित्तिय हल्दुखेत टाेल ,तृतिय बाहुन टाेल ,सान्त्वना जुम्ली टाेल भएका थिए ।उक्त प्रतियोगितामा पुरुस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक श्री दुर्ग ब . बि.क.जानकारी दिनु भएको छ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *