• भदौ ९, २०८२
  • No Comment
  • 65

कति समय पछि टूथब्रस परिवर्तन गर्नुपर्छ ?

दन्त विशेषज्ञहरूले मौखिक स्वास्थ्यलाई शरीरको सम्पूर्ण स्वास्थ्यसँग जोड्दै नियमित रूपमा टूथब्रस बदल्न सल्लाह दिएका छन्। उनीहरूका अनुसार दाँत र गिजाको कमजोर सरसफाइले अल्जाइमर, स्ट्रोकदेखि पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउन सक्छ।

अमेरिकन डेन्टल एसोसिएसन का अनुसार, हरेक ३ महिनामा टूथब्रस बदल्नुपर्छ। लामो समय एउटै ब्रस प्रयोग गर्दा ब्रिसल बिग्रिने, सफाइ क्षमता कमजोर हुने र पुरानो ब्रसमा १० लाखभन्दा बढी ब्याक्टेरिया जम्मा हुने खतरा रहने विज्ञहरूले बताएका छन्।

दन्त चिकित्सकहरूका अनुसार रुघाखोकी, फ्लू वा कोभिड निको भएपछि, ब्रिसल बाङ्गिएको वा भाँचिएको अवस्थामा, साथै सफाइ कमजोर भएको महसुस हुँदा तुरुन्तै नयाँ ब्रस प्रयोग गर्नुपर्छ।

ब्रस किन्दा नरम ब्रिसल भएको सानो आकारको ब्रस रोज्नुपर्ने, जसले मुखको कुनाकाप्चासम्म सफा गर्न सजिलो हुन्छ। बच्चा र वयस्कका लागि फरक–फरक आकारको ब्रस प्रयोग गर्नुपर्ने दन्त विशेषज्ञहरूको सुझाव छ।

चिकित्सकहरू भन्छन्, “दिनमा कम्तीमा दुई पटक दाँत र जिब्रो सफा गर्ने, साथै हरेक ३ महिनामा ब्रस बदल्ने बानीले मौखिक मात्र होइन सम्पूर्ण स्वास्थ्यलाई सुरक्षित राख्छ।”

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *