• भदौ ९, २०८२
  • No Comment
  • 183

कति समय पछि टूथब्रस परिवर्तन गर्नुपर्छ ?

दन्त विशेषज्ञहरूले मौखिक स्वास्थ्यलाई शरीरको सम्पूर्ण स्वास्थ्यसँग जोड्दै नियमित रूपमा टूथब्रस बदल्न सल्लाह दिएका छन्। उनीहरूका अनुसार दाँत र गिजाको कमजोर सरसफाइले अल्जाइमर, स्ट्रोकदेखि पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउन सक्छ।

अमेरिकन डेन्टल एसोसिएसन का अनुसार, हरेक ३ महिनामा टूथब्रस बदल्नुपर्छ। लामो समय एउटै ब्रस प्रयोग गर्दा ब्रिसल बिग्रिने, सफाइ क्षमता कमजोर हुने र पुरानो ब्रसमा १० लाखभन्दा बढी ब्याक्टेरिया जम्मा हुने खतरा रहने विज्ञहरूले बताएका छन्।

दन्त चिकित्सकहरूका अनुसार रुघाखोकी, फ्लू वा कोभिड निको भएपछि, ब्रिसल बाङ्गिएको वा भाँचिएको अवस्थामा, साथै सफाइ कमजोर भएको महसुस हुँदा तुरुन्तै नयाँ ब्रस प्रयोग गर्नुपर्छ।

ब्रस किन्दा नरम ब्रिसल भएको सानो आकारको ब्रस रोज्नुपर्ने, जसले मुखको कुनाकाप्चासम्म सफा गर्न सजिलो हुन्छ। बच्चा र वयस्कका लागि फरक–फरक आकारको ब्रस प्रयोग गर्नुपर्ने दन्त विशेषज्ञहरूको सुझाव छ।

चिकित्सकहरू भन्छन्, “दिनमा कम्तीमा दुई पटक दाँत र जिब्रो सफा गर्ने, साथै हरेक ३ महिनामा ब्रस बदल्ने बानीले मौखिक मात्र होइन सम्पूर्ण स्वास्थ्यलाई सुरक्षित राख्छ।”

सम्बन्धित खबर

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…
काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई…
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *