• भदौ ५, २०८२
  • No Comment
  • 163

चीन–भारतबीचको १२ बुँदे सहमतिमा लिपुलेकमार्फत व्यापार पुनः सुरु गर्ने निर्णयप्रति नेकपाको आपत्ति

काठमाडौं । हालै चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस. जयशंकरबीच सम्पन्न १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा लिपुलेक पास, शिम्किला पास र नाथुला पासमार्फत सिमापार व्यापार पुनः सुरु गर्ने सहमति भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कडा आपत्ति जनाएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा नेपाललाई जानकारी नै नदिई दुई देशबीच भएको सहमति “अहंकारी, हस्तक्षेपकारी र अतिक्रमणकारी प्रवृत्ति” भएको ठहर गर्दै राष्ट्रघाति र अन्यायपूर्ण सम्झौता तत्काल खारेज गर्न माग गरिएको छ।

नेकपाले चीन र भारत सरकारलाई तत्काल सहमति फिर्ता लिन विशेष अपिल गर्दै नेपाल सरकारलाई पनि खारेजीका लागि तदारुकतापूर्वक पहल गर्न जोडदार माग गरेको छ।

यसै सन्दर्भमा लाईका खबरका कार्यकारी निर्देशक तेज रोकायसँग कुरा गर्दै उनले भने, “यो केवल दुई देशबीचको व्यापारिक सहमति मात्र नभई नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि सीधा चुनौती हो, जसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ प्रवक्ता सिले बताउनु भयको थियो।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *