• भदौ ५, २०८२
  • No Comment
  • 73

चीन–भारतबीचको १२ बुँदे सहमतिमा लिपुलेकमार्फत व्यापार पुनः सुरु गर्ने निर्णयप्रति नेकपाको आपत्ति

काठमाडौं । हालै चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस. जयशंकरबीच सम्पन्न १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा लिपुलेक पास, शिम्किला पास र नाथुला पासमार्फत सिमापार व्यापार पुनः सुरु गर्ने सहमति भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कडा आपत्ति जनाएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा नेपाललाई जानकारी नै नदिई दुई देशबीच भएको सहमति “अहंकारी, हस्तक्षेपकारी र अतिक्रमणकारी प्रवृत्ति” भएको ठहर गर्दै राष्ट्रघाति र अन्यायपूर्ण सम्झौता तत्काल खारेज गर्न माग गरिएको छ।

नेकपाले चीन र भारत सरकारलाई तत्काल सहमति फिर्ता लिन विशेष अपिल गर्दै नेपाल सरकारलाई पनि खारेजीका लागि तदारुकतापूर्वक पहल गर्न जोडदार माग गरेको छ।

यसै सन्दर्भमा लाईका खबरका कार्यकारी निर्देशक तेज रोकायसँग कुरा गर्दै उनले भने, “यो केवल दुई देशबीचको व्यापारिक सहमति मात्र नभई नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि सीधा चुनौती हो, जसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ प्रवक्ता सिले बताउनु भयको थियो।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *