• साउन २१, २०८२
  • No Comment
  • 168

जाजरकोटमा सट्टा परीक्षा दिएर फरार रहेका अभियुक्त बाँकेबाट पक्राउ

जाजरकोट। शिक्षा ऐन सम्बन्धी कसुरमा फरार रहेका एक अभियुक्तलाई जाजरकोट प्रहरीले बाँकेबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सट्टा परीक्षा दिएको आरोपमा फरार रहेका बाँकेको बैजनाथ गाउँपालिका-३ का ३७ वर्षीय निखिल बैगारलाई शुक्रबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत बैगारविरुद्ध शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा जाहेरी दिएको थियो। जाहेरीपछि उनी फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि राम डाँगीका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट गत असार ३१ गते पक्राउ अनुमति लिएर बैगारको खोजी कार्य तीव्र पारिएको थियो। खोजतलासका क्रममा उनी बाँकेमा रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका बैगारलाई जाजरकोट ल्याई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई…
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…

Leave a Reply

Your email address will not be published. Required fields are marked *