• साउन २१, २०८२
  • No Comment
  • 108

जाजरकोटमा सट्टा परीक्षा दिएर फरार रहेका अभियुक्त बाँकेबाट पक्राउ

जाजरकोट। शिक्षा ऐन सम्बन्धी कसुरमा फरार रहेका एक अभियुक्तलाई जाजरकोट प्रहरीले बाँकेबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सट्टा परीक्षा दिएको आरोपमा फरार रहेका बाँकेको बैजनाथ गाउँपालिका-३ का ३७ वर्षीय निखिल बैगारलाई शुक्रबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत बैगारविरुद्ध शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा जाहेरी दिएको थियो। जाहेरीपछि उनी फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि राम डाँगीका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट गत असार ३१ गते पक्राउ अनुमति लिएर बैगारको खोजी कार्य तीव्र पारिएको थियो। खोजतलासका क्रममा उनी बाँकेमा रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका बैगारलाई जाजरकोट ल्याई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *